जोडिनुहोस
  • होमपेज
  • बंगलादेशबाट यूएईमा सर्‍यो महिला ट्वान्टी–२० विश्वकप

बंगलादेशबाट यूएईमा सर्‍यो महिला ट्वान्टी–२० विश्वकप

काठमाडौं । आईसीसी महिला ट्वान्टी–२० विश्वकप बंगलादेशबाट युनाइटेड अरब इमिरेट्स (यूएई)मा सरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले मंगलबार प्रतियोगिता सारिएको जानकारी दिएको हो ।

बंगलादेशमा राजनीतिक द्वन्द चर्किएपछि आईसीसीले प्रतियोगिता सार्ने निर्णय गरेका हो । अब प्रतियोगिता यूएईका सहर दुबई र शारजाहामा हुनेछ ।आईसीसीबाट प्रतियोगिता सार्ने निर्णय आएपछि बंगलादेश क्रिकेट बोर्डले भने यो निर्णय बंगलादेशी क्रिकेटका लागि लाजमर्दो विषय भएको जनाएको छ ।

दशवटा टोलीको सहभागिता रहने प्रतियोगिता अक्टोबर ३ देखि २० सम्म आयोजना हुनेछ । यूएई सार्नुअघि आईसीसीले भारतलाई प्रतियोगिता आयोजनाका लागि प्रस्ताव गरेको थियो । तर, भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आईसीसीको प्रस्ताव अस्वीकार गरेको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका