जोडिनुहोस
  • होमपेज
  • कांग्रेस र एमालेबीचको सहमति अरु दलविरुद्ध होइन : देउवा

कांग्रेस र एमालेबीचको सहमति अरु दलविरुद्ध होइन : देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई ठूला दलबीच भएको सहमति अरु दलविरुद्ध नभई देशलाई अघि बढाउन भएको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले बहुलवादका आधारमा लोकतान्त्रिक समाजवाद उन्मुख संविधान बनेकाले त्यसलाई सफल बनाउन पनि दुई ठूला दलबीच सहमति भएको बताए । संविधान कार्यान्वयनका क्रममा आएका समस्या समाधान हुने गरी संविधान संशोधन हुनुपर्नेमा पनि सभापति देउवाले जोड दिए ।

‘देशलाई अघि बढाउने सोच विचार गरिकन दुई दलबीच सहमति भएको हो, यो सहमतिलाई कुनै दल विशेषले आफ्नाविरुद्ध भएको हो भनी बुझ्नु गलत हुनेछ, दुई ठूला दलबीच भएको सहमति लुकाएका छैनौँ, यसलाई लिखित रुपमै सार्वजनिक गरेका छौँ’, उनले भने ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका