जोडिनुहोस
  • होमपेज
  • जापानले भारतीय नौसेनालाई अत्याधुनिक एन्टेना प्रदान गर्ने

जापानले भारतीय नौसेनालाई अत्याधुनिक एन्टेना प्रदान गर्ने

काठमाडौँ– जापानले भारतलाई नौसैनिक युद्धपोतमा प्रयोग हुने अत्याधुनिक प्रविधि प्रदान गर्ने भएको छ । जापानले भारतीय नौसेनाका लागि नोरा–५० एन्टिना लगायतका प्रविधि प्रदान गर्ने भएको हो ।

यस अत्याधुनिक एन्टेनामा नौसैनिक युद्धका बेला क्षेप्यास्त्र र चालकरहित हवाई उपकरण (ड्रोन) को पहिचान गर्ने क्षमता रहेको इण्डियन डिफेन्स रिसर्च विङले जनाएको छ । यसबाट भारतीय नौसेनाको क्षमता थप सुदृढ भइ समुद्री सुरक्षा प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

जापानको एनईसी र अन्य कम्पनीले उत्पादन गर्दै आएको उक्त एन्टेना जापानका अत्याधुनिक युद्धपोतमा समेत प्रयोग हुँदै आएको छ । यसलाई चारपक्षीय सुरक्षा संवाद क्वाडमा आबद्ध दुबै मुलुकबीच बढ्दो सैन्य साझेदारीका लागि महत्वपूर्ण कदमका रुपमा हेरिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका