जोडिनुहोस
  • होमपेज
  • दक्षिण कोरियाको होटेलमा आगलागी हुँदा सातजनाको मृत्यु, १२ घाइते

दक्षिण कोरियाको होटेलमा आगलागी हुँदा सातजनाको मृत्यु, १२ घाइते

काठमाडौं । दक्षिण कोरियाको एक होटेलमा आगलागी हुँदा सातजनाको मृत्यु भएको छ । १२ जना घाइते छन् ।

राजधानी सियोलबाट करिब २० किलोमिटर दक्षिणपश्चिमस्थित बुकियोनमा रहेको नौतले होटेलमा स्थानीय समयानुसार बिहीबार साँझ ७ः३९ बजे आगलागी भएको हो । आगलागी आठौँ तलाको एउटा कोठाबाट सुरु भएको थियो । आगलागी होटेलभर फैलिएको थिएन । तर, पूरै भवन कालो धुवाँले भरिएर उनीहरूले ज्यान गुमाएका हुन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका