जोडिनुहोस
  • होमपेज
  • समृद्धि र विकासका लागि वर्तमान सरकार : गृहमन्त्री

समृद्धि र विकासका लागि वर्तमान सरकार : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार मुलुकमा स्थिरता, सुशासन, दिगो शान्ति स्थापना, समृद्धि र विकासका लागि बनेको बताएका छन् ।

शुक्रबार बिहान जिल्ला प्रशासन कार्यालय धनुषाको बन्न लागेको नयाँ भवनको शिलान्यास गर्दै उनले मुलुकमा अहिले दुई ठूला राजनीतिक दलहरू मिलेर नयाँ राजनीतिक समीकरण बनेको उल्लेख गरे ।

उनले पछिल्लो डेढ वर्षमा भएको राजनीतिक अस्थिरताका कारण आम नागरिकमा परेको निराशा चिर्न अहिलेको सरकार सफल हुने बताए । उनले सरकार अस्थिर हुँदाको असर प्रत्यक्ष सेवा प्रवाहमा परेको स्वीकार गरे । अस्थिरताका कारण विकास निर्माणका कामले गति लिन नसकेको, अर्थतन्त्रमा शिथिलता उत्पन्न भएको र भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न जटिलता उत्पन्न भएको उनको भनाइ छ ।

राजनीतिक दल र नेताहरू गठबन्धन भत्काउने र बनाउने काममै व्यस्त हुँदा विकास निर्माणले गति लिन नसकेको बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?