जोडिनुहोस
  • होमपेज
  • भारत समूह विजेता, नेपालले सेमिफाइनलमा भुटानसँग खेल्ने

भारत समूह विजेता, नेपालले सेमिफाइनलमा भुटानसँग खेल्ने

काठमाडौं । समूह चरणको अन्तिम खेलमा माल्दिभ्सविरुद्ध १–० को जित निकालेसँगै भारत समूह ‘बी’ को विजेता बन्दै साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा भारतलाई जित दिलाउन मांग्लेनथान किप्गेन नायक बने । माल्दिभ्सले खेलको इन्जुरीसम्मै जब्बर रक्षापंक्ती बनाए पनि किप्गेनले अन्तिम मिनेटमा गोल गर्दै भारतको जित सुनिश्चित गरे । उनले पाँच मिनेटको इन्जुरी समयको अन्तिम मिनेटमा गोल गरे ।

जितसँगै समूह विजेता बनेको भारतले सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता बंगलादेशलाई प्रतिद्न्द्वीको रूपमा पाएको छ । भारतले यसअघि प्रतियोगिताको पहिलो खेलमा भुटानलाई १–० ले हराएको थियो ।प्रतियोगिताको दुवै खेलमा हार बेहोरेको माल्दिभ्स भने समूह चरणबाट बाहिरिएको छ । माल्दिभ्स यसअघि पहिलो खेलमा भुटानसँग २–१ ले पराजित भएको थियो । भुटान समूह ‘ए’ को विजेता नेपाललाई प्रतिद्वन्दीको रुपमा पाएका छ ।

घरेलु टिम नेपालले समूह ‘ए’ का दुवै खेलमा जित निकाल्ने क्रममा श्रीलंकालाई १–० ले र बंगलादेशलाई २–१ ले हराएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका