जोडिनुहोस
  • होमपेज
  • भारतले मालदिभ्सका एक हजार कर्मचारीलाई तालिम दिने

भारतले मालदिभ्सका एक हजार कर्मचारीलाई तालिम दिने

काठमाडौं– भारतले मालदिभ्सका कर्मचारीलाई तालिम दिने भएको छ । भारतले मालदिभ्सका एक हजार कर्मचारीलाई क्षमता विकास तालिम प्रदान गर्ने भएको हो ।

भारतीय विदेशमन्त्री एस जयशङ्करको मालदिभ्स भ्रमणका क्रममा यसबारे समझदारी पत्रमा हस्ताक्षर भएको हो । दुईमुलुकबीच भएको सम्झौता अनुसार भारतले सन् २०२४ देखि सन् २०२९ सम्म मालदिभ्सका एक हजार जना कर्मचारीलाई क्षमता विकास तालिम प्रदान गर्नेछ । भारतीय समाचार संस्था एएनआईका अनुसार भारतको विदेशमन्त्रालयको पहलमा राष्ट्रिय सुशासन केन्द्रले बंगलादेश, तान्जानिया, गाम्बिया, मालदिभ्स, श्रीलंकाजस्ता मुलुकका कर्मचारीलाई क्षमता विकास तालिम दिँदै आएको छ ।

भारतमा दिइने तालिमले मालदिभ्सका कर्मचारीको कार्यक्षमतामा वृद्धि हुने जनाइएको छ । त्यसबाहेक यसबाट दुई मुलुकबीचको सम्बन्धमा पनि सुधार आउने अपेक्षा गरिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका