जोडिनुहोस
  • होमपेज
  • डब्लुएचओद्वारा एमपक्स नियन्त्रण योजनाको घोषणा

डब्लुएचओद्वारा एमपक्स नियन्त्रण योजनाको घोषणा

जेनेभा– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार एमपोक्स भाइरसको नयाँ अधिक सङ्क्रामक ‘क्लेडबी’ भेरियन्ट नियन्त्रणका लागि आगामी छ महिनामा कम्तिमा १३ करोड ५० लाख अमेरिकी डलर लागतको प्रकोप नियन्त्रण योजना घोषणा गरेको छ ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले डब्ल्यूएचओका सदस्य राष्ट्रहरूलाई सम्बोधन गर्दै भने ‘एमपोक्सको नियन्त्रण सम्भव छ भन्ने कुरा स्पष्ट छ, तर यसका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक छ ।’ यो छ महिना अवधिको प्रकोप नियन्त्रण योजनाका लागि १३ करोड ५० लाख अमेरिकी डलर आवश्यक पर्ने उनले बताए ।

एमपक्सको बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै गत हप्ता डब्लुएचओले यसलाई सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको हो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?