जोडिनुहोस
  • होमपेज
  • आज २०८१ साल भदौ १० गते सोमबारको राशिफल

आज २०८१ साल भदौ १० गते सोमबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः समय अनुकल छ। धन, ज्ञान र विद्या आर्जन गर्ने दिन छ। योजना अनुसार अगाडि बढेमा दिन सहज बन्नेछ। राजनीतिक क्षेत्रमा सक्रिय बन्नुपर्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृषः तपाईंको बोलीमा सरस्वतीको बास छ। तपाईंको प्रतिभाको प्रशंसा हुनेछ। कला र गलाको सम्मान हुने दिन छ। स्वास्थ्य क्षेत्रमा लगानी गरेमा फाइदा लिन सकिन्छ। समाज र गाउँमा मेलमिलाप हुनेछ।

मिथुनः दैनिकी संकटपूर्ण देखिन्छ। तपाईंलाई संकटमा पुर्याएर हाँस्ने धेरै भएकाले ठुलो लगानी नगर्नु राम्रो हुनेछ। स्वदेशमा भन्दा वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राहत मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः आम्दानीका योजना धेरै छन्। कृषि क्षेत्रमा नाफा हुनेछ। पशुपन्छीबाट राम्रो आम्दानी हुनेछ। स्वास्थ्यमा ख्याल नगर्ने बानीले रोग बढ्ने जोखिम देखिन्छ। विपक्षी समूहले पुरानो कुरालाई सम्झिएर प्रतिशोध लिने खतरा देखिन्छ। संकटमा परिवारको साथ मिल्नेछ।

सिंहः दैनिकी राम्रो छ। ठुलो कामको सुरुवात हुनेछ। प्रविधिको क्षेत्रमा उत्साहजनक प्रगति हुनेछ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त हुनेछ। परिवारसँग बुझबुझ नहुँँदा मनमुटाव हुने भएकाले सचेत बन्नु राम्रो हुनेछ।

कन्याः दैनिकी राम्रो छ। आज तपाईंले नसोचेका मान्छेसँग भेट हुनेछ। कर्तव्य बोध हुनाले राम्रो कामको सुरुवात हुनेछ। कर्तव्यमा बस्ने बानीले परिवारसँगको सम्बन्ध शान्त र सुमधुर बन्नेछ। प्रेम सम्बन्ध कसिलो बन्ने देखिन्छ।

तुलाः राजनीतिक क्षेत्रमा चासो बढ्नेछ। संगठन बलियो भएकाले जिम्मेवारीको अवसर प्राप्त हुनेछ। अन्य क्षेत्रमा भने विवाद हुनेछ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध रमाइलो बन्नेछ।

वृश्चिकः सप्तम भावमा चन्द्रमासहित तीन वटा ग्रह रहेकाले मनमा सकारात्मक भाव आउने छन्। यस्ता भावलाई सदुपयोग गरेमा यसले दीर्घकालसम्म काम दिनेछ। आफ्नो क्षेत्रमा तपाई सफल बन्नु हुनेछ। उच्च भावले मन प्रफुल्ल हुनेछ।

धनुः तपाईंको व्यस्तता बढ्नेछ। योजना सोचे अनुसार अगाडि नबढ्ने खतरा देखिन्छ। महत्त्वपूर्ण काम गर्नु अगाडि विश्वास गरेका पात्रको साथ लिनुभए राम्रो हुनेछ। सामाजिक संघ संस्थामा तपाईंको चर्चा बढ्नेछ। संकटमा परिवारको साथ मिल्नेछ।

मकरः आध्य साढेसाती भए पनि आज शुभ ग्रहको बहुमत रहेको छ। जसले तपाईंको शिक्षामा प्रगति हुनेछ। कला र गलामा तपाईं उत्कृष्ट बन्ने देखिन्छ। वैदेशिक क्षेत्रबाट राम्रो आम्दानी हुनेछ। परिवारभित्रै तपाईंलाई फसाउने व्यक्ति सक्रिय भएकाले सचेत भएर व्यवहार गर्नु राम्रो हुनेछ।

कुम्भः दैनिकी सामान्य छ। मध्यसाढेसाती वक्रशनिदेव तपाईंकै राशिमा भएकाले जन्मकुण्डली हेरेर मात्र लगानी गर्नु राम्रो हुनेछ। जन्मकुण्डलीमा ३, ६ र ११ औं स्थानमा शनिदेव भए ठुलो प्रगति हुनेछ। त्यो नभए झुटा आरोप लाग्ने जोखिम छ। व्यवहारमा झन्झट आइपर्ने छ।

मीनः एक पटक सोचेर मात्र बोल्नु राम्रो हुनेछ। दैनिकी सहज र शान्त रहेको छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा राम्रो वातावरण रहने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका