जोडिनुहोस
  • होमपेज
  • जापानमा शक्तिशाली चक्रवातको चेतावनी

अन्तर्राष्ट्रिय

जापानमा शक्तिशाली चक्रवातको चेतावनी

जापानमा शक्तिशाली चक्रवातको चेतावनी

टोकियो । जापानमा यो हप्ताको अन्त्यसम्ममा भारी वर्षासँगै शक्तिशाली चक्रवात आउन सक्ने चेतावनी जारी गरिएको छ । मौसम पूर्वानुमानकर्ताले सोमबार दक्षिणी जापानतर्फ एक शक्तिशाली चक्रवात अघि बढेको जनाएका छन् ।

आँधीले बुधबार अमाम टापु क्षेत्र पार गर्ने अनुमान गरिएको छ । मुख्य दक्षिणी टापुतिर फर्कनुअघि यसको गति २१५ किलोमिटर प्रतिघण्टाको हुनेछ । जापानमा यो महिना आँधीले गर्दा सयौँ उडान तथा रेल सेवा अवरुद्ध भएको छ । भारी वर्षाले प्रशान्त तटमा क्षति पुगेको छ ।

यो क्षेत्रमा तटीयरेखाको नजिकमा आँधी आइरहेको र जलवायु परिवर्तनका कारण यसको प्रभाव लामो समयसम्म रहने गत महिना जारी एक अध्ययन प्रतिवेदनमा उल्लेख थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका