जोडिनुहोस
  • होमपेज
  • सरकारले ल्याएको प्याकेजमा आशंका नगर्न मन्त्री पाण्डेको आग्रह

सरकारले ल्याएको प्याकेजमा आशंका नगर्न मन्त्री पाण्डेको आग्रह

काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्न सकेको अवस्थामा लाखौँ पर्यटकहरू भित्राउन सकिने बताएका छन् ।

मंगलबार अन्तर्राष्ट्रिय वायु सेवा सञ्चालकहरूसँगको छलफलमा मन्त्री पाण्डे उक्त कुरा बताएका हुन् । मन्त्री पाण्डेले भने, ‘देश आर्थिक लगायतका जटिलतामा गज्रिरहेको छ । यो सङ्कटको अवस्था हुँदा हुँदै पनि सरकारले विभिन्न प्योकज ल्याएर पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्न खोजेको छ।’ उनले देशको जटिलतालाई बुझेर सरकारले गरेको निर्णय कम मान्न नहुने बताए ।

मन्त्री पाण्डेले दुई वटै विमानस्थल सञ्चालनका लागि नीतिगत, व्यवसायिक र सुरक्षाका क्षेत्रमा निरन्तर छलफल गर्न सरकार तत्पर रहेको बताए । उनले पोखरा पर्यटकीय राजधानी भएको उल्लेख गर्दै चीन,भारत लगायतका मुलुकबाट पोखरा र भैरहवामा पर्यटकहरू भित्राउन सकेको अवस्थामा राज्यले लाखौँ राजस्व भित्राउन सक्ने बताए ।

उनले सरकारले ल्याएको प्याकेजमा दुइ वर्षपछि के होला ? भन्ने विषयमा चिन्ता नलिन समेत अन्तर्राष्ट्रिय विमान कम्पनीहरूसँग विश्वास दिलाए । मन्त्री पाण्डेले रुटका विषयमा सरकार चीन भारतसँग कूटनैतिक रूपमा अघि बढिसकेको समेत बताए । छलफलमा जजिरा, सिंगापुर एयरलाइन्स लगायतका दर्जन बढी वायु सेवा सञ्चालकहरूको उपस्थिति रहेको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका