जोडिनुहोस
  • होमपेज
  • एभिन्यूज खबरले भदौ १३ देखि १५ गतेसम्म तीज विशेष कार्यक्रम आयोजना गर्दै

एभिन्यूज खबरले भदौ १३ देखि १५ गतेसम्म तीज विशेष कार्यक्रम आयोजना गर्दै

काठमाडौं । एभिन्यूज खबर टेलिभिजनले नेपाली हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजका अवसरमा यही भदौ १३ गते देखि १५गतेसम्म तीज महोत्सवको  आयोजना गर्ने भएको छ ।

काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङक्वेटमा हुने महोत्सवमा तीजको परम्परागत बिशेषता झल्कने लगायतका बिभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरिने एभिन्यूज खबर टेलिभिजनले जनाएको छ ।  महोत्सवमा बिभिन्न प्रकारका महिला उपयोगी सामग्रीहरुको प्रदर्शनी समेत गरिनेछ ।

कार्यक्रम प्रत्येक दिन बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म संचालन हुनेछ । कार्यक्रममा बिभिन्न चर्चित कलाकारहरुबाट गीत संगीत पनि प्रस्तुत गरिनेछ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका