जोडिनुहोस
  • होमपेज
  • सञ्चारमन्त्रीलाई जिब्रोमा ब्रेक लगाउन खतिवडाको सुझाव

सञ्चारमन्त्रीलाई जिब्रोमा ब्रेक लगाउन खतिवडाको सुझाव

काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई जिब्रोमा ब्रेक लगाउन सुझाव दिएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले आईजीपीको जिब्रो थुत्नुपर्ने भन्ने अभिव्यक्ति सञ्चारमन्त्रीले आपत्तिजनक अभिव्यक्ति दिएको बताए । ‘सञ्चार मन्त्रीले जिब्रो थुत्ने अभिव्यक्ति दिनुभयो । मन्त्रीलाई आग्रह छ जिब्रोमा ब्रेक लगाएर सदनमा जवाफ दिइयोस्‚’ उनले भने ।

सांसद खतिवडाले गण्डकी प्रदेशमा मन्त्री पद बिक्रीमा छ भन्ने सांसद दीपक मनाङेको अभिव्यक्तिमा पनि आपत्ति जनाए । उनले भने‚‘गण्डकी प्रदेशमा मन्त्री पद बिक्रीमा छ पैसामा बिक्री गर्न सुरुवात गरेको हो ? यसबारे सरकारले जानकारी देओस् ।’

प्रचलन खबर

धेरै टिप्पणी गरिएका