जोडिनुहोस
  • होमपेज
  • पलेशा गोवर्धन राष्ट्रपतिबाट सम्मानित

पलेशा गोवर्धन राष्ट्रपतिबाट सम्मानित

राष्ट्रपति रामचन्द्र पौडेलले पाराओलम्पिकमा कास्य पदक विजेत पलेशा गोवर्द्धनलाई सम्‍मान गरेका छन् । बिहीबार राष्ट्रपति पौडेलले बुधबार राष्ट्रपति भवन शीतल निवासमा दोसल्ला ओढाएर पलेशालाई सम्मान गरेका हुन् । यसअघि राष्ट्रिय खेलकुद परिषदले विशेष कार्यक्रमको आयोजना गरी पलेशालाई सम्‍मान गरेको थियो । यस्तै काठमाडौं महानगरले ५ लाख र प्रशिक्षक कविराज नेगीलाई ३ लाख रुपैयाँसहित सम्मान गरेको थियो ।

बुधबार बिहान ८ बजे स्वदेश फर्किएकी पलेशालाई त्रिभुवन विमानस्थलको भीआईपी कक्षबाटै उनीसहितका नेपाली टोलीलाई नगर परिक्रमा गराइएको थियो । पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरी अन्तरगत महिला ५७ केजीमुनि प्रतिस्पर्धा गरेकी पलेशाले कांस्य पदक जितेकी थिइन् । यो नै नेपाली खेलाडीहरुले ओलम्पिकमा जितेको पहिलो पदक हो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका