जोडिनुहोस

आर्थिक

सुनको मूल्य १२ सय घट्यो

सुनको मूल्य १२ सय घट्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य १२ सय रुपैयाँ घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य हालसम्मकै उच्च हो ।

आज चाँदीको मूल्य पनि घटेर कारोबार भएको छ । आज चाँदी ४५ रुपैयाँ घटेर एक हजार ७५० रुपैयाँ कारोबार भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ७९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका