जोडिनुहोस
  • होमपेज
  • अब गंगालालमा राष्ट्रिय खेलाडीहरूको स्वास्थ्य परीक्षण निःशुल्क

अब गंगालालमा राष्ट्रिय खेलाडीहरूको स्वास्थ्य परीक्षण निःशुल्क

काठमाडौँ। राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरूको स्वास्थ्य परीक्षण सहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले निःशुल्क गर्ने भएको छ ।

देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडीहरूको मुटुसहित निःशुल्क स्वास्थ्य परीक्षण सम्बन्धी सम्झौता आज गरिएको हो ।

गत साउन २७ गते आफ्नो स्वास्थ्य क्षेत्रका योजना तथा प्राथमिकता घोषणाका क्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलले देशका लागि खेल्ने खेलाडीहरूको स्वास्थ्य परीक्षणका लागि मन्त्रालयले आवश्यक व्यवस्था गर्ने घोषणा गरेका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितिमा मन्त्रालय, युवा तथा खेलकुद राष्ट्रिय खेलकुद परिषद् राखेप र अस्पतालकाबीच खेलाडीको मुटु परीक्षण हरेक वर्ष निःशुल्क मुटु परीक्षणसम्बन्धी सम्झौता गरिएको हो । सम्झौताअनुसार यसका लागि आवश्यक आर्थिक व्यवस्थापन गंगालालले आफ्नै स्रोतबाट गर्नेछ ।

हाल केन्द्रकै तर्फबाट निस्शुल्क परीक्षण भए पनि आगामी वर्षबाट थप वार्षिक कार्यक्रम बनाएर कार्यक्रम अघि बढाउने मन्त्रालयले तयारी गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ । सम्झौता हरेक वर्ष नवीकरण गर्ने समेत व्यवस्था गरिएको छ ।

घोषणाबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा देशका तर्फबाट सहभागी विभिन्न विधाका राष्ट्रिय टिमका ७५७ खेलाडी लाभान्वित हुनेछन्।

आज पेरिस पाराओलम्पि कांस्य पदक विजेता पलेसा गोवर्द्धनको स्वास्थ्य परीक्षण गरेर निःशुल्क परीक्षणको सुरुआत गरिएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री पौडेलले आफूले मन्त्रालयको नेतृत्व सम्हालेदेखी नै खेलाडीहरुको स्वास्थ्य प्राथमिकतामा राखेको भन्दै मुटुबाट शुरूवात भएको बताए। पाराओलम्पिमा ठूलो पदक दिलाएर योगदान दिएकी पलेशा गोवर्द्धनको उपलब्धीका अवसरमा यो खेलाडीहरुका लागि उपहार भएको मन्त्री पौडेलले बताए। ‘पलेशाको उपलब्धीले देशको शीर उचो बनाएको छ,’ उनले भने,’यो शुरूवात उहाँप्रतिको सम्मान पनि हो। ‘

प्रचलन खबर

धेरै टिप्पणी गरिएका