जोडिनुहोस
  • होमपेज
  • लुम्बिनी प्रदेशका वन मन्त्रीको राजिनामा स्वीकृत

लुम्बिनी प्रदेशका वन मन्त्रीको राजिनामा स्वीकृत

लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले आफ्नो पदबाट दिनुभएको राजिनामा आज मुख्यमन्त्री चेतनारायण आचार्यले स्वीकृत गरेका छन् । बाँके क्षेत्र नं ३ प्रदेशसभा (ख) बाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य कुर्मी गत साउन ९ गते लुम्बिनी प्रदेशको वन तथा वातावरणमन्त्री नियुक्त भएका थिए । मन्त्रीमा नियुक्त भएदेखिनै उनको बारेमा मानव अधिकारकर्मीले विरोध गर्दै आएका थिए । आफूमाथि लागेको आरोपबारे छानबिन गर्न मार्ग प्रसस्त गर्न उनले मन्त्री पदबाट राजिनामा दिएका हुन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका