जोडिनुहोस
  • होमपेज
  • ‘पारा एथलिट अफ दि इयर’को अवार्ड पलेशा गोवर्धनलाई

‘पारा एथलिट अफ दि इयर’को अवार्ड पलेशा गोवर्धनलाई

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्ड–२०८० मा पारा तेक्वान्दोकी पलेशा गोवर्धन ‘पारा एथलिट अफ दी इयर’ चुनिएकी छन् ।

शुक्रबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित अवार्डको पलेशा उत्कृष्ट पारा खेलाडी चुनिएकी हुन् । हाङजाउ पारा एसियन गेम्समा जितेको काश्य पदकका लागि उनलाई यो अवार्ड दिइएका हो ।

पलेशाले हालै मात्र फ्रान्समा भएको पारालिम्पिक्समा कांस्य पदक समेत जितेकी छिन् । ओलम्पिकमा नेपालले जितेको यो नै पहिलो पदक हो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका