जोडिनुहोस

आर्थिक

फेरि घट्यो अन्डाको भाउ

फेरि घट्यो अन्डाको भाउ

काठमाडौं । कुखुराको अन्डाको भाउ घटेको छ । १३ भदौमा घटेर तय भएको मूल्य फेरि दुई साताभित्रै २९ भदौमा घटेको हो ।

यसअघि १३ भदौमा अन्डाको भाउ सबैभन्दा ठूलो (एक्सएल) ५ सय २५ र ठूलो (लार्ज) को प्रतिक्रेट ५ सय १० र मध्यम अन्डाको मूल्य ४ सय ३५ रुपैयाँ प्रतिक्रेट थियो ।

अब सबैभन्दा ठूलो (एक्सएल) ४ सय ६० रुपैयाँ र ठूलो (लार्ज) प्रतिक्रेट ४ सय ३० प्रतिक्रेट तय भएको छ । यस्तै मध्यम साइजको अन्डाको मूल्य ४ सय रुपैयाँ प्रतिक्रेट तोकिएको छ ।

नेपाल लेयर्स कुखुरा पालक संघका अनुसार अन्डा उत्पादन बढेसँगै मूल्य घटेको हो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका