जोडिनुहोस
  • होमपेज
  • एनसेल फाउन्डेसनको घोषणा, २० करोड रुपैयाँ सामाजिक क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता

एनसेल फाउन्डेसनको घोषणा, २० करोड रुपैयाँ सामाजिक क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता

निजी क्षेत्रको जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)का परियोजनाहरू सञ्चालन गर्न एनसेल फाउन्डेसनको घोषणा गरेको छ ।

नेपाल र नेपालीलाई दूरसञ्चार सेवामार्फत जोड्न थालेको आफ्नो यात्राको १९औं वार्षिकोत्सवको अवसरमा फाउन्डेसनको घोषणा गरिएको एनसेलले जनाएको छ ।

‘विगतका १९ वर्षमा एनसेलले १ करोड ३० लाखभन्दा बढीको जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभ प्रदान पार्दै स्वास्थ्य, शिक्षा, वातावरणलगायत विभिन्न क्षेत्रमा सामाजिक कार्यहरू गरी रु २ अर्ब (१ करोड ५० लाख अमेरिकी डलर) भन्दा बढिको योगदान गरेको छ । हाम्रा सबै राम्रा कार्यलाई एउटै उद्देश्य र छातामुनि ल्याउनु महत्त्वपूर्ण छ भन्ने कुरामा विश्वास गरेर एनसेल फाउन्डेसनको स्थापना गरेका हौं,’ वार्षिकोत्सव मनाउन मंगलबार आयोजना गरिएको एक विशेष कार्यक्रमका दौरान एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने ।

कार्यक्रममा एनसेलले थप समावेशी, कनेक्टेड र दिगो नेपाल विकासमा सघाउनु र दिगो विकासका लक्ष्यहरू प्राप्तिका लागि योगदान पुर्‍याउनु फाउन्डेसनको भिजन रहेको बताएको छ । फाउन्डेसनको उद्देश्यहरूमा सामाजिक कार्यको धेरै आवश्यक भएकालाई सहयोग गर्ने, डिजिटल डिभाइडलाई कम गर्ने र थप स्वस्थ, दिगो र समृद्ध नेपाललाई बढावा दिने रहेको छ ।

एनसेलले वृहत्तर हितको पक्षमा सामाजिक कार्यहरू गरेको उल्लेखनीय ट्रयाक रेकर्ड छ । २०७२ सालको विनाशकारी भूकम्पपछि एनसेलले भूकम्प प्रभावित परिवारहरूको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड रुपैयाँ प्रदान गरेको छ । साथै आफ्ना परिवारजन तथा आफन्तहरूसँग सम्पर्कमा रहि रहन कम्पनीले ग्राहकहरूलाई रु १ अर्ब ६० करोड बराबरको सेवा सुविधाहरू निःशुल्क उपलब्ध गराएको थियो ।

कोभिडको महामारीका बेलामा सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा रु १० करोड योगदान गर्ने एनसेल पहिलो निजी कम्पनी थियो ।

गत वर्षको जाजरकोट भुकम्पपछि एनसेलले भूकम्प पीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग पुर्याउन कर्णाली प्रदेश सरकारलाई रु ५० लाख सहयोग उपलब्ध गराएको थियो र भुकम्प प्रभावित क्षेत्रका १० विद्यालयहरूलाई कक्षा कोठा बनाउन पनि सहयोग प्रदान गरेको थियो ।

त्यसैगरी २०७१ सालमा, देशका विभिन्न भागमा आएको बाढी र पहिरोजस्ता प्राकृतिक विपत्तिका पीडितहरूको राहत तथा उद्धारका प्रधानमन्त्री प्राकृतिक विपत्ति राहत कोषलाई २० करोड सहयोग प्रदान गराएको थियो ।

१९औं वार्षिकोत्सवको कार्यक्रममा एनसेल फाउन्डेसनले आगामी ५ वर्षमा कम्पनीले कम्तीमा रु. २० करोड सामाजिक पहलहरूमा योगदान गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका