जोडिनुहोस
  • होमपेज
  • दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी

दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । साइबर अपराध गरेको कसुरमा काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र खनालको इजलाशले प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको स्रेस्तेदार रामु शर्माले जानकारी दिए ।

प्रसाईंसँगै जीवन पाण्डे र दुर्गा खनालविरूद्ध पनि पुर्जी जारी भएको हो । पछिल्लो समय प्रसाईंले ‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियान’को नाममा गतिविधि गरिरहेका छन् । उनले विभिन्न उद्योगी, व्यवसायी, नेताहरुविरुद्ध अराजक टिप्पणी गर्दै आएका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका