जोडिनुहोस
  • होमपेज
  • उपनिर्वाचन कार्यतालिका : असोज १० देखि १६ गतेसम्म दल दर्ता

उपनिर्वाचन कार्यतालिका : असोज १० देखि १६ गतेसम्म दल दर्ता

काठमाडौं । स्थानीय तहका रिक्त स्थानमा उपनिर्वाचनका लागि असोज १० देखि १६ गतेसम्म दल दर्ता गरिने भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले बुधबार विज्ञप्ति जारी गर्दै असोज ९ गते दल दर्ताको सूचना जारी गरिने जनाएका छन् ।

आयोगले स्वीकृत गरेको कार्यतालिकाअनुसार कार्तिक २७ गते मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ । कार्तिक ३० गते निर्वाचन कार्यालय स्थापना हुनेछ । मंसिर १६ गते उपनिर्वाचन हुने तय भएको छ । मंसिर १५ गतेसम्म १८ वर्ष उमेर पुगेकाको नाम मतदाता नामावलीमा अध्यावधिक गरिने आयोगले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका