जोडिनुहोस
  • होमपेज
  • तीन सर्जकलाई भैरव पुरस्कार घोषणा

तीन सर्जकलाई भैरव पुरस्कार घोषणा

काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित तीन पुरस्कार घोषणा गरिएको छ ।

भैरव पुरस्कार गुठीका अध्यक्ष साहित्यकार रोचक घिमिरेको अध्यक्षतामा बसेको बैठकले पुरस्कार प्राप्तकर्ताहरूको नाम अनुमोदन गरेको छ । जसअनुसार २०८१ सालको ‘भैरव पुरस्कार’ हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागेलाई प्रदान गर्ने निर्णय भएको छ । पुरस्कारका साथ नगद राशि १ लाख ११ हजार १११ रुपैयाँ छ । त्यस्तै ‘भैरव वाङ्मय पुरस्कार’ नगद राशि १ लाख १ हजार १११ रुपैयाँसहित कोशकार चूडामणि गौतमलाई प्रदान गरिने गुठीले जनाएको छ । त्यसैगरी ५१ हजार १११ रुपैयाँ राशिको ‘भैरव प्रतिभा पुरस्कार’ कलाकार लक्ष्मी गिरीलाई प्रदान गरिने निर्णय भएको छ ।

उक्त पुरस्कार यही असोज १९ गते भैरव स्मृति दिवसका दिन प्रदान गरिने गुठीका सचिव वसन्त रिजालले जानकारी दिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका