जोडिनुहोस
  • होमपेज
  • मध्यविन्दुमा फोहोरबाट जैविक मल उत्पादन सुरु

मध्यविन्दुमा फोहोरबाट जैविक मल उत्पादन सुरु

मध्यविन्दु । सहरी क्षेत्रमा फोहरमैला व्यवस्थापन चुनौती बन्दै जाँदा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यविन्दु नगरपालिकाले फोहोरबाट जैविक मल उत्पादन थालेको छ । मध्यविन्दु–११ कुसुण्डेमा फोहर व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्र स्थापना गरी जैविक मल उत्पादन सुरु गरिएको हो ।

नगरपालिकाले घरबाट निस्कने फोहोरको अनिवार्य वर्गिकरण गरी कुहिने र नकुहिने गरी सङ्कलन र व्यवस्थापन थालेको नगरप्रमुख भीमलाल अधिकारीले बताए । उनका अनुसार नकुहिने फोहरबाट पुनः प्रयोगमा आउने छुट्टाएर बिक्री गर्ने र कुहिने फोहोरबाट जैविक मल उत्पादन सुरु गरिएको हो ।

फोहोरलाई कसरी पुनः अधिकतम प्रयोग गर्न सकिन्छ भन्नेतर्फ नगरपालिकाले योजनाबद्ध रुपमा काम गरिरहेको नगरप्रमुख अधिकारीले बताए । दिगो रुपमा नगरभित्रको फोहोरमैला व्यवस्थापनलाई अघि बढाउन फोहोरसँगै आम्दानीलाई जोडेर व्यवस्थापन थालिएको उनले उल्लेख गरे ।

“हामीले फोहरलाई केवल फोहरको दृष्टिकोणले मात्रै हेर्‍यौँ”, अधिकारीले भने, “मध्यविन्दु नगरपालिकाभित्र हामीले सङ्कलन गरेको नकुहिने फोहरमध्ये ७९ प्रतिशत बिक्री हुन्छ । कुहिने फोहरबाट जैविक मल उत्पादन गरिरहेका छौँ ।” गत वर्षदेखि नगरपालिकाले फोहर व्यवस्थापनको काम सुरु गरेको हो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका