जोडिनुहोस
  • होमपेज
  • अल जजिराको कार्यालयमा इजरायली सेनाको किन मार्‍याे छापा ?

अल जजिराको कार्यालयमा इजरायली सेनाको किन मार्‍याे छापा ?

काठमाडौं । इजरायली सेनाले आफ्नो नियन्त्रणमा रहेको वेष्टब्याङ्कको रमुल्लामा रहेको न्यूज च्यानल ‘अल जजिरा’को कार्यालयमा छापा मारेको छ । सेनाले छापा मारेसँगै ४५ दिन कार्यालय बन्द गर्न निर्देशन पनि दिएको छ ।

आइतबार बिहान हतियारधारी इजरायली सैनिकहरु न्यूज च्यानलको कार्यालयमा प्रवेश गरेका थिए । सैनिकहरुले अल जजिराका वेष्टब्याङ्क ब्यूरोका प्रमुख वालिद अल ओमारीलाई कार्यालय बन्द गर्न आदेश लिएको अल जरिजाले जनाएको छ ।

आतंकवादलाई समर्थन गरेको र बढावा दिएको आरोप लगाउँदै संचारमाध्यममाथि प्रतिबन्ध लगाउनु गैरकानुनी भएको भन्दै न्युज न्यूज च्यानल ‘अल जजिरा’ले आपत्ति जनाएको छ । सञ्चार माध्यमहरुलाई निशाना बनाउनुको उद्देश्य मानिसहरुलाई सही सूचना दिनबाट रोक्नु हो ।

गत मे महिनाको सुरुवातमा पनि नजरथ र पूर्वी जेरुसेलमको अल जजिराको कार्यालयमा छापा मारिएको थियो । अप्रिलमा इजरायलको संसदको एउटा कानुन पास गरेको थियो, जसमा राष्ट्रिय सुरक्षाका लागि खतरा मानिएको विदेशी च्यानलको प्रसारण अस्थायी रुपमा बन्द गर्न सक्ने अधिकार सरकारलाई दिइएको थियो

प्रचलन खबर

धेरै टिप्पणी गरिएका