जोडिनुहोस
  • होमपेज
  • काठमाडौंमा नेपाल र भारतका कलाकारका कलाकृति प्रदर्शनी

काठमाडौंमा नेपाल र भारतका कलाकारका कलाकृति प्रदर्शनी

काठमाडौं– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान तथा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र भारतीय राजदूतावासको संयुक्त आयोजनामा काठमाडौंको नक्सालमा दुवै देशका कलाकारका कलाकृति प्रदर्शनी सुरु भएको छ ।

‘रामायणः साझा धरोहर’ शीर्षकको प्रदर्शनीको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उद्घाटन गरे ।

उनीहरूले यस्ता कला प्रदर्शनीले २ देशको संस्कृति आदानप्रदानमा योगदान पुग्ने बताए । सो क्रममा उनीहरूले प्रदर्शनीको अवलोकनसमेत गरे ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले पछिल्लो समयमा विभिन्न देशसँग मिलेर कला प्रदर्शनी आयोजना गर्न थालिएको बताए ।

उनले यसबाट संस्कृति आदानप्रदानसँगै पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

यस्ता प्रदर्शनीनले एकअर्काको कला सिर्जनाको सिकाइ समेत आदानप्रदान हुने र संस्कृति बुझ्ने मौका समेत मिल्ने उनले बताए ।

असोज १४ गतेसम्म हुने प्रदर्शनीमा नेपाली ४ कलाकारका ५ कलाकृति र भारतका ३० कलाकारका ४२ कलाकृति राखिएका छन् ।

भारतीय कलाकार गार्गी सेठ क्युरेटर तथा डाइरेक्टर रहेको प्रदर्शनीमा कलाकारले रामायण सम्बन्धी चित्र सिर्जना गरेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका