जोडिनुहोस
  • होमपेज
  • रोकिएन नेप्से घट्ने क्रम, मंगलबार ५९ अंकले घट्यो

रोकिएन नेप्से घट्ने क्रम, मंगलबार ५९ अंकले घट्यो

काठमाडौँ — सेयर कारोबार मापक नेप्से ५८ दशमलब ९३ अंकले घटेर २ हजार ४ सय ७० दशमलब ३९ विन्दुमा झरेको छ । सोमबार नेप्से ५९ अंकले घटेको थियो ।

अघिल्लो दिन कारोबारमा आएकामध्ये १० कम्पनीको सेयर मूल्य बढ्यो भने २ सय ३३ वटा कम्पनीको घटेको छ । बाँकी एउटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

मंगलबार ७७ हजार २ सय ६४ सेयर कारोबार हुँदा १ करोड ५५ लाख ५ हजार कित्ता किनबेच भयो । ती किनबेचमा ५ अर्ब ६८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम सामान्य बढेको हो । सोमबार ५ अर्ब ६६ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये सबैको परिसूचक घटेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका