जोडिनुहोस
  • होमपेज
  • टी–२०ः क्यानडाविरूद्ध नेपाल १०९ रनमै अलआउट

टी–२०ः क्यानडाविरूद्ध नेपाल १०९ रनमै अलआउट

काठमाडौं। क्यानडाविरूद्धको पहिलो टी–२० खेलमा नेपालले पराजित भएको छ। क्यानडाको ओन्टेरियोस्थित किङ सिटीमा नेपाल पहिलो खेलमा १४ रनले पराजित भएको हो।

१२४ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १०९ रनमा अलआउट भयो। नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३७ रन जोडे। उनी १७औं ओभरको अन्तिम बलमा आउट भए। सोही ओभरको दोस्रो बलमा सोमपाल कामी १ रनमा आउट हुँदा नेपालमाथि दबाब परेको थियो। दुवैलाई क्यानडाका कलीम सनाले बोल्ड गरेका थिए।

त्यसपछि १९औं ओभरको दोस्रो बलमा करण केसी दुई रन लिने क्रममा रनआउट भए। उनले ५ रन मात्र जोड्न सके। १९औं ओभरको अन्तिम बलमा सन्दीप लामिछाने पनि १० रनमा आउट हुँदा नेपाल १०९ रनमै समेटियो। उनलाई पनि सनाले आउट गरेका थिए।

त्यसअघि खराब सुरुवात गरेको नेपालका ओपनरद्वय अनिल साह ९ रन र आसिफ शेख ८ रनमा आउट भए। देव खनालले ११ रन जोड्दा, कुशल मल्लले १२ रन, कुशल भुर्तेल ७ रन र दीपेन्द्रसिंह ऐरी ६ रन जोडेर आउट भए।

बलिङमा क्यानडाका कलीम सनाले ४ विकेट लिए। उनले ४ ओभरमा २६ रन खर्चिए। साद बिन जफरले ३ विकेट लिन सफल भए। टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको क्यानडाले ८ विकेटको क्षतिमा १२३ रन जोड्यो।

क्यानडाका लागि साद बिन जफरले २३ रन, श्रेयष मोब्भाले २२ रन र प्रविण कुमारले १९ रन बनाए। बलिङमा नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले ३–३ विकेट लिए।

यसअघि नेपालले क्यानडामै आइसिसी विश्वकप लिग–२ अन्तर्गतको सिरिज खेलेको थियो। सिरिजका जितबिहीन बनेको नेपालले क्यानडाविरुद्धका दुवै खेल र ओमानसँग पहिलो खेलमा पराजित भएको थियो। ओमानविरूद्धको दोस्रो खेल भने वर्षाले प्रभावित भएको थियो।

क्यानडामा सिरिज खेलेपछि नेपाली टोली अमेरिका जाने कार्यक्रम छ। नेपालले अमेरिकासँग टी–२० सिरिज खेलेपछि अमेरिका र स्कटल्यान्डसँग लिग–२ को सिरिज खेल्नेछ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका