जोडिनुहोस
  • होमपेज
  • बाढीपहिरोको विपत्ति : मृतकको संख्या १२९ पुग्यो, ६२ जना बेपत्ता

बाढीपहिरोको विपत्ति : मृतकको संख्या १२९ पुग्यो, ६२ जना बेपत्ता

काठमाडौं । गएको बिहीबार रातिदेखिको अविरल वर्षासँगै बाढीपहिरो र डुबानका घटनाबाट हालसम्म १२९ जनाको मृत्यु भएको छ ।

यो अवधिमा प्राकृतिक विपद्का घटनामा परी ६२ जना बेपत्ता छन् । ८६ जना घाइते भएका प्रहरीले जनाएको छ ।

आइतबार दिउँसो १ बजेसम्मको विवरणानुसार, तीन हजार २६६ भन्दा बढी मानिसको उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । शनिबार अपराह्नपछि अविरल वर्षा रोकिएको छ । वर्षासँगै बाढीपहिरोले सडक, पुल, सार्वजनिक सम्पत्ति, व्यक्तिका निजी घर तथा आवासलगायत भौतिक संरचनामा पनि ठूलो क्षति पुगेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका