जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • आवधिक योजनाका आधारका बजेट निर्माण हुनुपर्छ : मुख्यमन्त्री सिंह

आवधिक योजनाका आधारका बजेट निर्माण हुनुपर्छ : मुख्यमन्त्री सिंह

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आवधिक योजनाका आधारमा बजेट निर्माण तथा कार्यान्वयन भए प्रदेश विकासका पक्षमा सकारात्मक एवम् सार्थक परिणाम प्राप्त हुने बताएका छन् ।

उनले योजनाअनुरूप बजेट विनियोजन गरिनु आर्थिक कार्यविधिसम्मत हुनेहुँदा बजेट तर्जुमा गरिरहँदा आवधिक योजनालाई केन्द्रमा राख्नुपर्ने उल्लेख गरे । मधेश प्रदेश नीति तथा योजना आयोगद्वारा सोमबार जनकपुरधाममा आयोजित मधेश प्रदेशको दोस्रो आवधिक योजना आर्थिक वर्ष २०८१-२०८२–२०८५-२०८६ को परिमार्जित मस्यौदाउपरको छलफलमा मुख्यमन्त्री सिंहले सो कुरा उल्लेख गरेका हुन् ।

उनले आवधिक योजना पारित भएपछि त्यसमै टेकेर वार्षिक कार्यक्रम तथा बजेट विनियोजन हुनुपर्नेमा जोड दिँदै आवश्यक र उचित विषय समाविष्ट गरी योजनालाई पूर्णता दिनुपर्ने बताए । उनले प्रदेशमा प्रहरी समायोजन नहुँदासम्म प्रदेश सरकार आफैँले सातआठ हजारको सङ्ख्यामा प्रहरी भर्ना गर्ने विषय, प्रत्येक निर्वाचन क्षेत्र अझ पालिकालाई केन्द्रित गरी नमुना विद्यालय स्थापना गरी आधारभूत शिक्षाको गुणस्तरवृद्धि गर्ने प्रयास र मधेश विश्वविद्यालयबाट छोटो अवधिको व्यावसायिक तथा सीपमूलक शिक्षा उपलब्ध गराउने विषयलाई समेत आवधिक योजनामा समेट्नुपर्ने बताए ।

मुख्यमन्त्री सिंहले पूर्णतः औद्योगिक वातावरण सृजना गर्न बारा–पर्सा औद्योगिक करिडोरलाई औपचारिक रूपमै घोषणा गरिनुपर्ने र त्यसका लागि प्रदेश सरकारले नै गर्न सक्ने वैधानिक व्यवस्थाका बारेमा बुझ्ने काम भइरहेको भन्दै प्रदेश सरकारले गर्न सक्ने अवस्था भएमा प्रत्येक जिल्लाका उपयुक्त स्थानलाई करिडोरका रूपमा घोषणा गरी विकसित गरिने जानकारी दिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका