जोडिनुहोस
  • होमपेज
  • भारतीय अभिनेता गोविन्दाको खुट्टामा लाग्यो गोली

भारतीय अभिनेता गोविन्दाको खुट्टामा लाग्यो गोली

एजेन्सी । भारतीय अभिनेता गोविन्दालाई गोली लागेको छ ।

आफ्नै रिभल्भर (पेस्तोल) ले खुट्टामा आकस्मिक गोली लागे पछि उनलाई अस्पताल भर्ना गरिएको छ ।

मंगलबार बिहान करिब ५ बजेको समयमा कोलकाता जाने तयारी गर्नु अघि उनी आफ्नो लाइसेन्स प्राप्त रिभल्भर जाँच गर्दै थिए । सोही क्रममा अकस्मात उनको हातबाट रिभल्भर खसेर गोली चल्दा उनको खुट्टामा लागेको बताइएको छ ।

उपचारका लागि अस्पताल लगिएको गोविन्दाको डाक्टरले खुट्टा बाट गोली निकालेका छन् । गोविन्दा खतरामुक्त रहेपनि आइसियुमा राखी उपचार भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका