जोडिनुहोस
  • होमपेज
  • पाकिस्तानमा संसद्सँग कुनै अधिकार छैन : एमक्यूएम प्रमुख हुसैन

पाकिस्तानमा संसद्सँग कुनै अधिकार छैन : एमक्यूएम प्रमुख हुसैन

काठमाडौँ– पाकिस्तानको मुत्थैदा कोमी मुभमेन्ट (एमक्यूएम) पार्टीका प्रमुख अल्ताफ हुसैनले पाकिस्तानी संसद्सँग स्वायत्तता नभएको आरोप लगाएका छन् ।

हाल बेलायतमा निर्वासित जीवन बिताउँदै आएका नेता हुसैनले आफ्नो मुलुकको सबै शक्ति सेनाको हातमा रहेकाले संसद्सँग कुनै किसिमको शक्ति वा स्वायत्तता नभएको बताएका हुन् । भारतीय समाचार संस्था एएनआईका अनुसार लण्डनमा आयोजित एक कार्यक्रममा हुसैनले पाकिस्तानी न्यायपालिका पनि स्वतन्त्र नभएको उल्लेख गरे । उनले पाकिस्तानमा बसोबास गर्ने पञ्जाबी, सिन्धी, बलोच, मुहाजिरजस्ता समुदायको अस्तित्वलाई नमान्नु यथार्थलाई अस्वीकार गर्नुजस्तो हुने बताए ।

उनले पाकिस्तानी सेनामा पञ्जाबीको दबदबा रहेको समेत आरोप लगाए । उनले सेनामा ८० प्रतिशत पञ्जाबी र बाँकी २० प्रतिशत पश्तुन समुदायका मानिसहरू रहेको उल्लेख गरे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका