जोडिनुहोस
  • होमपेज
  • नौ महिनामा भित्रिए आठ लाख पर्यटक

नौ महिनामा भित्रिए आठ लाख पर्यटक

काठमाडौं । सन् २०२४ को नौ महिनामा आठ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार यस वर्षको जनवरीदेखि सेप्टेम्बारसम्म आठ लाख १६ हजार ३३९ पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।

बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार समग्रमा सन् २०२३ को तुलनामा ६ प्रतिशत र सन् २०१९ को तुलनामा चार प्रतिशतले पर्यटक आगमन बढेको छ । अगष्टको तुलनामा सेप्टेम्बारमा भारतबाट नेपाल आउने पर्यटक घटेका छन् । चीनबाट आउने बढेका छन् । अमेरिकी र युरोपियन मुलुकबाट आउने पर्यटक भने बढेका उनले बताए ।

सेप्टेम्बारमा भारतबाट २२ हजार ९८४ र अगष्टमा २५ हजार ८३२ पर्यटक नेपाल आएका छन् । चीनबाट सेप्टेम्बारमा आठ हजार ४२ र अगष्टमा ६ हजार ६१४ पर्यटक आएका निर्देशक लामिछानेले जानकारी दिए । मनसुनका कारण भारतीय पर्यटक घटेका हुनसक्ने अनुमान गरिएको छ । अमेरिकाबाट अगष्ट पाँच हजार ६ र सेप्टेम्बारमा १० हजार ८४ पर्यटक नेपाल भित्रिएका छन् । श्रीलंकाबाट सेप्टेम्बरमा चार हजार ९१५ र अगष्टमा चार हजार ८५१ पर्यटक नेपाल आएका थिए । बोर्डका अनुसार गत अगष्टमा मात्र ७२ हजार ७१९ पर्यटक नेपाल आएका थिए । सन् २०२३ को सेप्टेम्बरमा ९१ हजार १२, सन् २०२२ को सोही अवधिमा ५८ हजार ३१४, सन् २०२१ को सेप्टेम्बारमा नौ हजार ९०७ र सन् २०१९ मा ९२ जार ६०४ पर्यटकले नेपाल भ्रमण गरेका बोर्डले जनाएको छ ।

कुन महिनामा कति पर्यटक
मार्चमा सबैभन्दा बढी एक लाख २८ हजार १६७ र सबैभन्दा कम जुलाईमा ६४ हजार ५९९ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

अप्रिलमा एक लाख ११ हजार तीन हजार ७६, सेप्टेम्बरमा ९६ हजार ३०५, जनवरीमा ७९ हजार एक सय, फेब्रुअरीमा ९७ हजार ४२६, मेमा ९० हजार २११, जुनमा ७६ हजार ७३६ र अगस्टमा ७२ हजार ७१९ पर्यटक नेपाल आएका नेपाल पर्यटन बोर्डले जनाएको छ । रासस

प्रचलन खबर

धेरै टिप्पणी गरिएका