जोडिनुहोस
  • होमपेज
  • टिम साउथीले न्युजिल्यान्ड टेस्ट टिमको कप्तानी छाडे

टिम साउथीले न्युजिल्यान्ड टेस्ट टिमको कप्तानी छाडे

टिम साउथीले न्युजिल्यान्ड क्रिकेट टोलीको टेस्ट कप्तानबाट राजीनामा दिएका छन् । श्रीलङ्कासँगको दुई खेलको टेस्ट शृङ्खलामा ‘क्लिन स्वीप’ बेहोरेपछि साउथीले टेस्ट कप्तानी छोड्ने निर्णय लिएका हुन् । उनको ठाउँमा टम लाथमलाई कप्तान बनाइएको छ । लाथमले भारतमा हुने आउँदो शृङ्खलामा न्युजिल्यान्डको नेतृत्व गर्नेछन् ।

टिम साउथीले १४ टेस्टमा न्युजिल्यान्डको कप्तानी गरे । जसमा न्युजिल्यान्डले ६ खेल जित्दा ६ खेल हारेको छ । सन् २०२२ मा केन विलियमसनले कप्तानी छाडेपछि साउथीलाई कप्तान बनाइएको थियो । यो वर्ष उनको प्रदर्शन पनि त्यति राम्रो रहेन । उनले पछिल्लो ८ टेस्टमा मात्र १२ विकेट लिएका छन् । भारत र न्युजिल्यान्डबीचको तीन खेलको टेस्ट शृङ्खला आउँदो अक्टोबर १६ तारिखदेखि शुरू हुँदैछ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका