जोडिनुहोस
  • होमपेज
  • हेलेन आँधीका कारण अमेरिकामा २१० भन्दा बढीको मृत्यु

हेलेन आँधीका कारण अमेरिकामा २१० भन्दा बढीको मृत्यु

एशभिले । अमेरिकामा आएको हेलेन आँधीका कारण हालसम्म २१० जनाभन्दा बढीको मृत्यु भएको छ । नर्थ क्यारोलिनामा हेलेनका कारण सबैभन्दा बढी क्षति पुगेको छ ।

अमेरिकाको दक्षिणपश्चिमी क्षेत्रमा ‘हेलेन’ आँधीका कारण मृत्यु हुनेको संख्या २०० नाघेको छ भने व्यापक भौतिक क्षति पुर्‍याएको छ । अमेरिकी उद्धारकर्ताहरूले आँधीबाट बचेकाहरूको खोजी कार्य जारी राखेका छन् । नर्थ क्यारोलिनामा हेलेनका कारण आधाभन्दा बढी मानिसको मृत्यु भएको छ । हेलेन सन् २००५ मा आएको क्याट्रिना आँधीपछिको सबैभन्दा घातक आँधी सावित भएको छ । सन् २००५ मा यहाँ आँधीबेहरीका कारण एक हजार ८०० भन्दा बढीको मृत्यु भएको थियो ।

‘हेलेन’ आँधी आएको करिब एक साता बितिसक्दा पनि त्यस क्षेत्रमा सयौँ मानिस हराइरहेका छन् भने करिब आठ लाख घर अझै पनि विद्युत्‌विहीन छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार आँधी प्रभावित क्षेत्रको हवाई भ्रमण गरेपछि जर्जियाको रे सिटीमा बाइडेनले प्रभावितहरूलाई भने, “म तपाईंलाई देख्छु, तपाईंको कुरा सुन्दैछु, दुःखी छु, र प्रतिज्ञा गर्छु, हामी तपाईंको साथमा छौँ ।” रासस

प्रचलन खबर

धेरै टिप्पणी गरिएका