जोडिनुहोस
  • होमपेज
  • शक्ति गौचन लुम्बिनी लायन्सको कन्सल्टेन्ट प्रशिक्षक नियुक्त

शक्ति गौचन लुम्बिनी लायन्सको कन्सल्टेन्ट प्रशिक्षक नियुक्त

लुम्बिनी लायन्सले राष्ट्रिय क्रिकेट टिमका पूर्वखेलाडी शक्ति गौचनलाई कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको छ।

लुम्बिनी लायन्सका मालिक ईश्वर जिसी र शक्ति गौचनले आज सम्झौता पत्रमा हस्ताक्षर गरे। यो सम्झौता एक वर्षको लागि गरिएको हो।

भैरवहाका शक्तिलाई शुरूवातदेखि नै लुम्बिनीले आफ्नो टिममा प्रशिक्षकको रूपमा अनुवन्धित गर्न खोजेको थियो। लुम्बिनीसँग आवद्ध हुन पाउँदा निकै खुशी लागेको र नेपाल प्रिमियर लिग जस्तो मेगा इभेन्ट गरेकोमा गौचनले नेपाल क्रिकेट संघलाई धन्यवाद पनि दिए। उनले आइतबार हुने अक्सन चुनौतीपुर्ण रहने पनि शक्तिले बताए।

कार्यक्रममा नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले नेपाली क्रिकेटको सफलतामा शक्ति गौचनको योगदान महत्वपुर्ण रहेको बताए। लुम्बिनीको मार्की खेलाडी राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल हुन्। लुम्बिनीको स्वामित्व फर्चुन हेल्थ केयर प्रालिसँग छ। क्यानको आयोजनामा नेपाल प्रिमियर लिग मंसिर १५ देखि पुस ६ गतेसम्म हुनेछ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका