जोडिनुहोस
  • होमपेज
  • भारतीय प्रधानमन्त्री मोदी र माल्दिभ्सका राष्ट्रपति मुइज्जुबिच भेटवार्ता

भारतीय प्रधानमन्त्री मोदी र माल्दिभ्सका राष्ट्रपति मुइज्जुबिच भेटवार्ता

नयाँ दिल्ली । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेका छन् । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले माइक्रो ब्लगिङ वेबसाइट एक्समा रहेको आफ्नो आधिकारिक खातामा दुई नेताबिच भएको भेटका तस्बिर हालेका छन् ।

‘प्रधानमन्त्री नरेन्द्र मोदीले हैदरावाद हाउसमा मोहम्मद मुइज्जुलाई न्यानो स्वागत गरे । दुवै नेताबिच द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउने विषयमा कुराकानी भएको छ’ पोष्टमा लेखिएको छ ।

मोदीसँग भेट गर्नुअघि मुइज्जुले राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि भेट गरेका थिए । यसबाहेक उनले राजघाटको पनि भ्रमण गरेका थिए । मुइज्जु आफ्नो पहिलो द्विपक्षीय भ्रमणको क्रममा आइतबार साँझ दिल्ली पुगेका थिए । आइतबार राति उनले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटेका थिए । यस बैठकबारे एस.जयशंकरले एक्समा पोस्ट पनि लेखेका थिए । ‘भारत भ्रमणको सुरुमा राष्ट्रपति मुइज्जुसँग भेट्न पाउँदा खुसी लाग्यो । दुई देशबिचको सम्बन्धलाई मजबुत बनाउन उनको प्रयासको म प्रशंसा गर्छु’ आफ्नो पोस्टमा जयशंकरले लेखेका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका