जोडिनुहोस
  • होमपेज
  • रुसले यसै महिना हाइड्रोजन इन्धनबाट चल्ने पहिलो पानीजहाजको परीक्षण गर्ने

रुसले यसै महिना हाइड्रोजन इन्धनबाट चल्ने पहिलो पानीजहाजको परीक्षण गर्ने

रुसले यसै महिना हाइड्रोजन इन्धनबाट चल्ने पहिलो पानीजहाजको परीक्षण गर्ने भएको छ । हाइड्रोजन इन्धनबाट सञ्चालित जहाज इकोबाल्ट यसै महिनाभित्र समुद्री परीक्षणमा जाने स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

१२ जना यात्रुको मनोरञ्जनका लागि डिजाइन भएको यो जहाज हाइड्रोजन इन्धनबाट सञ्चालित इलेक्ट्रोकेमिकल जेनेरेटरले सुसज्जित रहेको क्रिलोभ स्टेट रिसर्च सेन्टर ९केएसआरसी० का महानिर्देशक ओलेग साभचेन्कोले बताउनुभएको छ ।

रुसी नौसेनाका लागि जहाज डिजाइन, सामग्री र प्रविधिहरूको अग्रणी विकासकर्ता केएसआरसीले यस परियोजनाको नेतृत्व गरिरहेको छ । हाइड्रोजन इन्धनबाट अहिले सानो जहाज चलाउने र यसको परीक्षण सफल भएमा ठूलो जहाज पनि निर्माण गर्ने रुसको योजना छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका