जोडिनुहोस
  • होमपेज
  • रामेछापमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १२ घाइते

रामेछापमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १२ घाइते

रामेछाप। रामेछापको खाँडादेवी गाँउपालिका–३ भीरपानीमा मङ्गलबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको प्रहरीले जनाएको छ।

काठमाडौंबाट मन्थलीहुँदै सिन्धुलीको सुनकोशी गाँउपालिकास्थित अमारे जाँदै गरेको प्र ०१–००५–ख ९५७९ नम्बरको बस ब्रेक फेल हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

दुर्घटनामा परी मृत्यु हुनेमा सिन्धुली सुनकोशी गाँउपालिका–६ खहरे खोलाकी १७ वर्षे युवती युनिसा श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए। दुर्घटनामा परी घाइते श्रेष्ठको उपचारका लागि सिन्धुलीतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

दुर्घटनाका अधिकांश घाइतेलाई सिन्धुली जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए।

कूल ३५ जना सवार बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options