जोडिनुहोस

टुँडिखेलमा फूलपाती बढाइँ

काठमाडौं । दसैँको फूलपातीको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ विशेष समारोह आयोजना गरेको छ ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सहभागी भएका छन् । समारोहमा नेपाली सेनाको टुकडीले राष्ट्रपति पौडेललाई सलामी अर्पण गरेको थियो । उक्त अवसरमा सेनाले फूलपाती बढाइँ कवाजअन्तर्गत राइफलबाट छिटो लहरे र एकठ्ठा तथा तोपबाट बढाइँ गरेको थियो । बढाइँ कार्यक्रममा सैनिक हेलिकोप्टरद्वारा पुष्पवृष्टिका साथै राष्ट्रिय गीतसहित विभिन्न धुन प्रस्तुत गरिएको थियो ।

नेपाली सेनाले सैनिक मञ्चमा हर्षोल्लासपूर्वक फूलपाती बढाइँ गर्ने पुरानो चलन हो । गोर्खाबाट ल्याइएको जमरा र फूलपाती हनुमान ढोकाको दसैँघरमा भित्र्याउने साइत मिलाएर टुँडिखेलमा फूलपाती बढाइँ गरिन्छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका