जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • पाकिस्तानले इङ्ग्ल्याण्डलाई दियो २९७ रनको लक्ष्य

पाकिस्तानले इङ्ग्ल्याण्डलाई दियो २९७ रनको लक्ष्य

जारी दोस्रो टेस्टमा पाकिस्तानले इङ्ग्ल्याण्डलाई २९७ रनको लक्ष्य दिएको छ । टेस्टको तेस्रो दिन पाकिस्तान आफ्नो दोस्रो इनिङ्गमा २२१ रनमा अलआउट भएपछि पहिलो इनिङ्गमा ७५ रनको आधारमा २९७ रनको लक्ष्य दिएको हो । पाकिस्तानका लागि दोस्रो इनिङ्गमा सलमान अघाले ६३ रन बनाए भने साउद शकीलले ३१ रन बनाएका थिए । त्यस्तै इङ्ग्ल्याण्डका बलर शोएब बशीरले ४, ज्याक लीचले ३ तथा ब्रिडन कार्सले २ विकेट लिएका थिए । यस अघि पाकिस्तानले पहिलो इनिङ्गमा ३६६ रन बनाएको थियो भने इङ्ग्ल्याण्डले आफ्नो पहिलो इनिङ्गमा २९१ रन बनाएको थियो ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
चितवनमा रगत अभाव