जोडिनुहोस
  • होमपेज
  • प्यालेस्टाइनी प्रशासनका राष्ट्रपतिलाई भ्लादिमिर पुटिनको निम्तो

प्यालेस्टाइनी प्रशासनका राष्ट्रपतिलाई भ्लादिमिर पुटिनको निम्तो

काठमाडौं– रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले प्यालेस्टाइनी प्रशासनका राष्ट्रपति महमुद अब्बासलाई ब्रिक्स समिटमा सहभागिताका लागि निमन्त्रणा पठाएका छन् ।

उनले आगामी साता हुन रूसमा हुन गइरहेको ब्रिक्स समिटमा सहभागिताका लागि निमन्त्रणा प्यालेस्टाइनी प्रशासनका राष्ट्रपति अब्बासलाई निमन्त्रणा पठाएका हुन् । राजधानी मस्कोमा इकोनोमिक फोरमको एक कार्यक्रम सम्बोधन गर्दै राष्ट्रपति पुटिनले आफू इजरायल र प्यालेस्टाइन दुवै देशका नेताहरूको सम्पर्कमा रहेको बताए । उनले आफूले द्वि–राष्ट्र समाधानको समर्थन गर्ने पनि बताए ।

पुटिनले रूसले सधैँ इजरायल र प्यालेस्टाइन मुद्दामा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को द्वि–राष्ट्र प्रस्तावको सम्मान गरेको पनि बताए । उनले प्रस्तावले पूर्णता पाउनु पर्नेमा जोड दिए । ‘हामीलाई विश्वास छ कि ब्रिक्स सम्मेलनका दौरान हामी यसमाथि चर्चा गर्नेछौँ,’ राष्ट्रपति पुटिनले भने, ‘मैले प्यालेस्टाइनी प्रशासनका राष्ट्रपति महमुद अब्बासलाई ब्रिक्स सम्मेलनमा आउन निम्तो पठाइसकेको छ् ।’

–बीबीसीबाट

प्रचलन खबर

धेरै टिप्पणी गरिएका