जोडिनुहोस
  • होमपेज
  • तिहार नजिकिँदै, ढकमक्क फुल्न थाले सयपत्री र मखमली

तिहार नजिकिँदै, ढकमक्क फुल्न थाले सयपत्री र मखमली

रङ्गीचङ्गी फूल र झिलिमिली बत्तीको पर्व तिहार आउन अब १० दिनमात्र बाँकी छ । यही कात्तिक १४ गतेदेखि तिहार शुरू हुँदैछ । तिहार नेपालीहरूको दोस्रो ठूलो चाड हो । तिहार नजिकिएसँगै अहिले खेतबारी, फाँट र घरआँगन वरिपरि ढकमक्क सयपत्री र मखमली फूल्न थालेका छन् । सयपत्री र मखमली ढकमक्क फुल्दा खेतबारी र फाँट आकर्षक देखिएका छन् जसले तिहारको झल्को दिइरहेको छ । सयपत्री तिहारमा प्रयोग हुने मुख्य फूलमध्ये एक हो । कागतिहारदेखि भाइटीकासम्म सयपत्री र मखमली फूलको प्रयोग हुन्छ । तिहार नजिकिएसँगै फूल व्यवसायीहरू फूल टिप्न र माला गाँस्नमा व्यस्त छन् ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका