जोडिनुहोस
  • होमपेज
  • एमालेको सचिवालय बैठक बस्दै, रवि पक्राउ र मीनबहादुरले दिएको जग्गाका विषयमा ओलीले ब्रिफिङ गर्नसक्ने

एमालेको सचिवालय बैठक बस्दै, रवि पक्राउ र मीनबहादुरले दिएको जग्गाका विषयमा ओलीले ब्रिफिङ गर्नसक्ने

काठमाडौं। नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। बैठक आइतबार साँझ ५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने प्रचार तथा प्रसार विभागले जानकारी गराएको छ।

बैठकका एजेण्डाबारे जानकारी गराइएको छैन। यद्यपि, बैठकमा रास्वपा सभापति समेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेको पक्राउबारे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा ब्रिफिङ गर्नसक्ने सम्भावना छ।

रवि पक्राउ परेपछि एमाले सचिवालय बैठक पहिलोपटक बस्न लागेको हो। शुक्रबार रविलाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेर कास्की लगेको छ। यसअघि गत असोज २४ गते पार्टी कार्यालय च्यासलमै सचिवालय बैठक बसेको थियो। सो बैठकले पार्टीको नयाँ केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको थियो।

लगत्तै, व्यवसायी मीनबहादुर गुरुङले दान दिएको जग्गामा एमालेले पार्टी कार्यालयको शिलान्यास गरेको थियो। त्यसयता, एमालेको उक्त कदमको चर्को आलोचना हुँदै आएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका