जोडिनुहोस
  • होमपेज
  • कार्तिक १० गते मावि लाइसेन्सको परीक्षा, कुन प्रदेशबाट कति छन् परीक्षार्थी?

कार्तिक १० गते मावि लाइसेन्सको परीक्षा, कुन प्रदेशबाट कति छन् परीक्षार्थी?

काठमाडौं। शिक्षक सेवा आयोगले कार्तिक १० गते माध्यमिक तह अध्यापन अनुमति पत्रको परीक्षा लिँदै छ। आयोगले उक्त परीक्षाको लागि परीक्षा केन्द्र तोकिसकेको छ।

आयोगका अनुसार जम्मा परीक्षार्थी सङ्ख्या ४४ हजार पाँच सय १० जना रहेका छन्। जसमध्ये कोशी प्रदेशबाट ६ हजार ९ सय ७४ जना परीक्षार्थी रहेका छन्। परीक्षा केन्द्र मोरङ तोकिएको छ। मधेस प्रदेशबाट ७ हजार २ सय २२ रहेका छन्। परीक्षा केन्द्र धनुषा तोकिएको छ।

बागमती प्रदेश मकवानपुर परीक्षा केन्द्रका लागि पाँच हजार परीक्षार्थीहरू छन्। यस्तै, बागमती प्रदेश परीक्षाकेन्द्र ललितपुरका लागि पाँच हजार १ सय २५ जना परीक्षार्थीहरू छन्। गण्डकी प्रदेश कास्की परीक्षा केन्द्रका लागि ३ हजार १ सय छन्। लुम्बिनी प्रदेशबाट ६ हजार ८ सय २ जना परीक्षार्थीहरू छन्।

परीक्षा केन्द्र दाङ तोकिएको छ। कर्णाली प्रदेशको परीक्षा केन्द्र सुर्खेत जिल्लाको लागि चार हजार ३ सय १२ जना परीक्षार्थीहरू छन्। सुदूरपश्चिम प्रदेशबाट पाँच हजार ९ सय ७५ जना परीक्षार्थीहरू रहेका छन्। यसको लागि कैलाली परीक्षा केन्द्र तोकिएको छ।

शिक्षक सेवा आयोगले गत साउन २६ गते मावि लाइसेन्सको लागि विज्ञापन गरेको थियो। परीक्षा समय दिउँसो १ बजेदेखि सञ्चालन हुने आयोगले जनाएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका