जोडिनुहोस
  • होमपेज
  • जिल्ला अदालत कास्कीमा उपस्थित हुनुअघि रवि लामिछानेले भने– न्यायालयमाथि विश्वास छ

जिल्ला अदालत कास्कीमा उपस्थित हुनुअघि रवि लामिछानेले भने– न्यायालयमाथि विश्वास छ

काठमाडौं। पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफू न्यायालयलाई सघाउन आएको बताएका छन् ।

शुक्राबार काठमाडौंमा पक्राउ परेका लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । अदालतमा उपस्थित हुनुअघि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै लामिछानेले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरे । उनले आफूलाई अदालतमाथि विश्वास रहेको बताउँदै न्यायालयलाई सघाउन आएको दाबी गरे ।

प्रहरीले म्याद थपका लागि लामिछानेलाई अदालतमा उपस्थित गराएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले पूरक मुद्दाका लागि अनुसन्धान अगाडि बढाएको बताए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले शुक्रबार काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेको थियो। उनलाई स्थलमार्ग हुँदै शनिबार बिहान पौन ३ बजे पोखरा पुर्याइएको थियो ।

लामिछानेलाई गोर्खा मिडियाको सञ्चालक र प्रबन्ध निर्देशक रहँदा पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन गरेको आरोपमा म्याद थपेर अनुसन्धान गर्ने र पुरक मुद्दा लैजाने प्रहरीको तयारी छ । हिजो सार्वजनिक बिदा परेकाले लामिछानेलाई आज अदालतमा पेश गराइएको हो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका