जोडिनुहोस
  • होमपेज
  • झापा ट्राफिकको ध्यान असुलीमा, दुर्घटना बढेको बढ्यै

झापा ट्राफिकको ध्यान असुलीमा, दुर्घटना बढेको बढ्यै

पुजन घिमिरे ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा कार्यरत केही ट्राफिक प्रहरीको असुली धन्दाले सिमा नाघेको छ । यहाँ कार्यरत सहायक हवल्दार विष्णु बजर्गांइ र वरिष्ठ सई अर्जुन सोडारीको असुली धन्दाले सिमा नाघेको हो । उनिहरुले मातहतको बिट, यातायात संघ, र सवारी चालक अनुमती पत्रलागि लिइने ट्राएल परिक्षामा सहभागिलाई पास गराई दैनिक हजारौ रुपँया असुल्दै आएको पाईएको छ । झापाका ट्राफिक प्रहरी प्रमुखलाई बुझाउनुपर्ने भन्दै उनिहरुले काँकडभिट्टाको ट्राफिक बिटबाट मासिक २५ हजार, चारआली बिटबाट २० हजार, बिर्तामोडको नयाँ बसपार्कबाट १५ हजार रुपँयाका दरले रकम असुल्ने गरेका छन् ।

त्यस्तै बुधबारे बिटबाट ३० हजार, सुरुङ्गा बिटबाट २० हजार, केर्खा बिटबाट १५ हजार, दमकबाट १५ हजार, गौरादह बिटबाट १५ हजार रुपँयाका दरले रकम असुली गरिदै आएको ट्राफिक स्रोतले जानकारी दिएको छ । यसैगरी केही महिना अघि चारआली बिटको प्रमुख भएर बसेका सोडारीले त्याहाँपनि राम्रै असुली धन्दा चलाएको जानकारहरु बताउँछन् ।

यी सबै रकम ति बिटहरुले समेत सवारी साधनवालाहरुसँगै असुलेर जिल्लामा पठाउने गरेको छन् । यसका अतिरिक्त सोडारीले एस्काभेटर, ब्याक्हो लोडर, ट्याक्टर लगायतका हेभी सवारीको ट्रायलमा पास गराइदिने भन्दै रकम असुल्ने गरेको पाईएको छ । ट्रायलको पैसा सोडारी एक्लैले कुम्ल्याउने गरेको भन्दै ट्रायलमा बस्ने अन्य ट्राफिकले गुनासो समेत गर्ने गरेका छन् ।

त्यस्तै झापाका सडकमा दैनिक कुद्ने ट्याक्टर, ट्रिपरलाई ओभर लोड गरेको, भारि नछोपेको बाहानामा दैनिक १ हजार जरिमाना गर्ने गरेका छन् । तर सोडारीलाई मासिक पैसा बुझाउने शर्त गरेरमा जे गर्दा पनि छुट दिने गरेको एक ट्रिपर व्यावसायीले बताए । उनका अनुसार ट्याक्टर र ट्रिपरले मासिक ५ हजार रुपँया ट्राफिकलाई बुझाएपछि केही मतलव हुँदैन ।

यसैगरी पूर्वाञ्चल ट्याक्सी संघबाट मासिक ५० हजार, सगरमाथा, सूर्योदय यातायातका ब्यवसायी संगठनबाट प्रतीबस मासिक २ हजार ५ सय रुपँया लिने गरेका छन् । मासिक पैसा बुझाएपछी त्यस्ता सार्वजनिक सवारीलाई मनपरी गर्न दिइने गरेको छ । सोही अनुरुप त्यस्ता सवारीसाधनले झापाका सडकमा ओभर स्पिड कुदाउने, जथाभावी यात्रु चढाउने र ओराल्ने गर्दै आएको देख्न सकिन्छ । यसरी असुलीका लागि सोडारीले सहायक हवल्दार विष्णु बजर्गांइलाई खटाउने गरेका छन् भने स्थायी तरिकाले लाइन तिर्नेहरु आफै जिल्ला ट्राफिक प्रहरी कार्यलय झापामा आएर पैसा बुझाउने गरेको स्रोतको भनाई छ ।

स्मरण रहोस बिगत ५ बर्ष अघिबाट बजगाँइ झापामै कार्यरत छन् । असुलीमा राम्रो दख्खल भएकै कारण उनि नयाँ आउने हाकीमको प्रियपात्र हुने गरेका छन् । यसरी अवैध रुपमा असुलीएको रकममध्ये केही आफुले राखेर बाँकी सोडारी र इन्सपेक्टर गणेश पौडेलले लाने गरेका छन् ।

ट्राफिकको ध्यान असुलीमा मात्रै भएपछी दुर्घटना बढ्यो
झापामा गएको दशैंको अवधिमा ७६ वटा सवारी दुर्घटना भए । दुर्घटनामा ६ जना पुरुषसहित एक महिला गरी सात जनाले ज्यान गुमाए । तथ्याङ्कले गत वर्षभन्दा यसपटक दुर्घटना बढेको देखाउँछ । गत शनिबार मात्र झापाको कमल गाउँपालिकामा सवारी दुर्घटनामा एक पुरुषको ज्यान गयो । राजमार्गमा गुड्ने बसे ती पुरुषलाई करिब १५० मिटर घिसारेर ज्यान लियो ।

जसले झापामा सवारी दुर्घटनाको अवस्था कस्तो छ भन्ने देखाउँछ । दुर्घटना न्युनिकरणमा ध्यान दिनुपर्ने ट्राफिक प्रहरी भने बेखबर छ । आजकाल पूर्वपश्चिम राजमार्गमा खासै ट्राफिक चेकिङ छैन । जसले गर्दा सवारी साधन ट्राफिक नियम उल्लङ्घन गरिरहेका छन् । ट्राफिक प्रहरीको ध्यान दुर्घटना न्युनिकरणमा जाओस् पनि कसरी दुर्घटना न्युनिकरणमा ध्यान जाँदा मासिक लाखौँ अवैध कमाइ गुम्ने खतरा छ ।

तर, जिल्ला ट्राफिक प्रहरी कार्यलयका प्रमुख इन्सपेक्टर गणेश पौडेल भने बाटोको अवस्थाले सवारी दुर्घटना बढेको दाबी गर्छन् । यस्तै माताहतका कर्मचारीको असुलीका बारेमा समेत उनले आफुलाइृ जानकारी नभएको तर त्यस्तो पाईएमा तुरुन्तै कार्बाही गरिने बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका