जोडिनुहोस
  • होमपेज
  • रवि लामिछानेको समर्थनमा भएको प्रदर्शनमा हस्तक्षेप नगरेको भन्दै चितवनका सिडिओ र एसपीको सरुवा

रवि लामिछानेको समर्थनमा भएको प्रदर्शनमा हस्तक्षेप नगरेको भन्दै चितवनका सिडिओ र एसपीको सरुवा

चितवन। चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) इन्द्रदेव यादव र एसपी भावेश रिमालको सरूवा भएको छ। बुधबार गृहमन्त्री स्तरीय निर्णय गरी सिडिओ यादवलाई हटाएर प्रकाश पौडेललाई खटाइएको हो।

त्यस्तै रिमालको ठाउँमा मानव बेचबिखन अनुसन्धान ब्युरोमा रहेका गौतम मिश्रलाई पठाइएको छ। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरिएपछि चितवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला प्रदर्शन र दहन हुँदा प्रशासनले हस्तक्षेप नगरेको भन्दै गृह मन्त्रालयले उनीहरूको सरूवा गरेको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनमा प्रधानमन्त्री ओलीको पुत्ला बनाएर प्रदर्शन गरेको भिडिओ सामाजिक सञ्जालमा बाहिरिएको थियो। ’उक्त भिडिओ बाहिरिएसँगै सुरक्षा निकायले त्यसलाई नरोकेको भन्दै गृहले दुवैको सरूवा गरेको हो,’ स्रोतले भन्यो।

यादव र रिमाल दुवै जना चितवनबाट बिहीबारै हिँड्ने तयारीमा छन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका