जोडिनुहोस
  • होमपेज
  • सभापतिलाई छुटाउन पोखरा आएका होइनौँः मनिष झा

सभापतिलाई छुटाउन पोखरा आएका होइनौँः मनिष झा

काठमाडौं। सहकारी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई फेरी म्याद थपका लागि अदालत लगिएको छ । अदालतले उनको मुद्दामा अनुसन्धान गरिरहेको छ । तर, सडकमा भने रास्वपाको आन्दोलन अझै जारी छ ।

सभापति लामिछानेका समर्थक तथा रास्वपाका कार्यकर्ताले पोखरामा लामिछानेलाई न्याय माग्दै आन्दोलन गरिरहेका छन् । आन्दोलनमा पोखरेली जनताले भने साथ दिएका छैनन् । पोखरामा बाह्य जिल्लाबाट गएका व्यक्तिहरूले रविको पक्षमा आन्दोलन गरिरहेका छन् ।

आन्दोलनमा पोखरेली जनताले साथ नदिएपछि रास्वपाले पोखराको आन्दोलन स्थगित गर्ने तयारी गरेको छ । पोखरा केन्द्रित आन्दोलनलाई स्थगित गरेर आन्दोलन काठमाडौं केन्द्रित गर्ने तयारी गरिएको हो ।

पोखरामा पत्रकार सम्मेलन गर्दै रास्वपाका कार्यवाहक महामन्त्री मनिष झाले आफूहरू रविलाई छुटाउन पोखरा नआएको दाबी गरेका छन् ।

उनले आफूहरू सरकारको प्रतिशोधपूर्ण राजनीतिको विरोध गर्न र सहकारी पीडितलाई न्याय माग्न पोखरा आएको बताए । उनले एमाले र काँग्रेसका नक्कली सहकारी पीडित बनेर सडकमा आएको उनले बताए ।

‘हामी एउटा कानुनी प्रक्रिया अनुसार होस्, राजनीतिक प्रतिशोध नहोस् भनेर आएको हो, सभापतिलाई छुटाउन पोखरा आएका होइनौँ’, उनले भने,‘राजनीतिक प्रतिशोध छ म प्रमाणित गर्न सक्छु ।’

प्रचलन खबर

धेरै टिप्पणी गरिएका