जोडिनुहोस
  • होमपेज
  • न्युजिल्यान्डका क्रिकेटर जिमी निशम जनकपुर बोल्ट्समा अनुबन्धित

न्युजिल्यान्डका क्रिकेटर जिमी निशम जनकपुर बोल्ट्समा अनुबन्धित

काठमाडौं। नेपाल प्रिमियर लिग, एनपिएलको क्लब जनकपुर बोल्ट्सले न्युजिल्यान्डका क्रिकेटर जिमी निशमलाई अनुबन्ध गरेको छ । पहिलो संस्करणको एनपीएलमा जनकपुर बोल्ट्सले टेस्ट राष्ट्रका निसमलाई अनुबन्ध गरेको हो।

निशम जनकपुरले अनुबन्ध गरेका पहिलो विदेशी खेलाडी समेत हुन् । अन्तर्राष्ट्रिय क्रिकेटमा विस्फोटक अलराउन्डरका रुपमा चिनिएका निशमलाई टोलीमा अनुबन्ध गरेको क्लबले बिहीबार सामाजिक संजालमार्फत जनकारी दिएको हो ।

३४ वर्षका निशमले हालसम्म न्युजिल्यान्डका लागि ७९ टी ट्वेन्टी आई खेलेका छन् । ती खेलहरुमा निशमले ९ सय ४४ रन तथा ३९ विकेट लिएका छन् । जनकपुरले पुबुदु दासानायकेलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ ।

उनले दुई पटक नेपाली राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेका छन् भने यसअघि एभरेस्ट प्रिमियर लिग र नेपाल टी–२० लिगमा पनि प्रशिक्षण गराएका थिए ।

जनकपुरमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेट किपर ब्याटर आसिफ शेख मार्की खेलाडी रहेका छन् । लिगमा सहभागी ८ टोलीले समान ४ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका